२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

किशोर किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

Nada
सन्तोष पौडेल
२०८१ चैत १ गते २१:१४
Shares
किशोर किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका र वार बर्दिया नगरपालिकामा किशोर किशोरीमैत्री स्वास्थ्य सेवा भवनहरू हस्तान्तरण गरिएको छ ।

ncell

गेरुवा गाउँपालिकाको वडा नं. ५ मा रहेको पशुपति(नगर स्वास्थ्य चौकी र बारबर्दिया नगरपालिकाको वडा नं. १ मा रहेको पहाडीपुर आधारभूत स्वास्थ्य केन्द्रलाई नयाँ निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको हो । 

नवनिर्मित स्वास्थ्य सेवा भवनहरु एक समारोहकाबीच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले हस्तान्तरण गरेका हुन् । किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू निर्माण गरिएको हो ।

गेरुवा गाउँपालिकाको ४ र ५ नम्बर वडाका किशोरकिशोरीहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको पशुपतिनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको स्वास्थ्य सेवा भवन ५० लाख ४१ हजार ३ सय ८१ रूपैयाँको लागतमा निर्माण गरिएको हो । 

बारबर्दिया नगरपालिकाको वडा नम्बर १, २ र ३ किशोरकिशोरीहरूलाई सेवा पुर्‍याउने उद्देश्यका साथ पहाडीपुर आधारभूत स्वास्थ्य केन्द्रमा निर्माण गरिएको स्वास्थ्य सेवा भवन ४७ लाख ९१ हजार ६ सय ६० रुपैयाँको लागतमा निर्माण गरिएको किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजनाका परियोजना संयोजक सुरज अर्यालले बताए ।

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन औपचारिक हस्तान्तरण समारोहमा  दुबै स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत वडाध्यक्षहरु, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख  नारायणप्रसाद चौधरी, प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किसन, प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, बाँके यूनेस्को क्लबका  अध्यक्ष रवि तुलाधर लगायत प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्थाहरुको प्रमुख र प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर