२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

draupadi film
मध्यान्ह
२०८१ चैत ५ गते १४:५७
गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

तनहुँः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको आज निरीक्षण गर्दै उनले हरेक नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यका प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताए । 

स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको तथा भविष्यमा पनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । उक्त अस्पताललाई प्रदेश सरकारले एक थान शल्यक्रिया मेसिन प्रदान गरेको छ । 

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी गराएका थिए । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी १५ शय्याको अस्पतालमा रुपान्तरण भएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise