२०८१ चैत ६ गते बुधवार / Mar 19 , 2025 , Wednesday
२०८१ चैत ६ गते बुधवार
Ads

२७ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

draupadi film
मध्यान्ह
२०८१ चैत ५ गते २०:४९
२७ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा कांग्रेस–एमाले गठबन्धनको सरकारले नेपालको सार्वजनिक ऋण साढे २ खर्ब रुपैयाँ थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको नेपालको सार्वजनिक ऋण फागुन मसान्तसम्म २ खर्ब ४१ अर्ब ९३ करोड थपिँदा २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको हो ।

आठ महिनाको अवधिमा थपिएको ऋणसँगै नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४६.९१ प्रतिशत पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कुल सार्वजनिक ऋणमध्ये ५०.८३ प्रतिशत बाह्य र ४९.१६ प्रतिशत आन्तरिक ऋण रहेको छ । साथै कार्यालयले पछिल्लो आठ महिनाको अवधिमा विदेशी मुद्राको मूल्यमा भएको वृद्धिको कारणले सार्वजनिक ऋण ६६ अर्ब २९ करोड रुपैयाँले वृद्धि हुन पुगेको जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये चालु आव आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वाह्य ऋण २ खर्ब १७ अर्ब रुपैयाँ उठाउने लक्ष्य थियो ।

सरकारले फागुन मसान्तसम्म तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त गरेको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ६१.१७ प्रतिशत हो । समीक्षा अवधिमा सरकारले आन्तरिक ऋण र बाह्य ऋण क्रमशः ८१.५६ र ३०.१७ प्रतिशत परिचालन गरेको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म २ खर्ब १ अर्ब ७२ करोड ऋण भुक्तानी गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise