२०८१ चैत ६ गते बुधवार / Mar 19 , 2025 , Wednesday
२०८१ चैत ६ गते बुधवार
Ads

भिभो भी५० नेपालमा सार्वजनिक

draupadi film
मध्यान्ह
२०८१ चैत ५ गते २०:५२
भिभो भी५० नेपालमा सार्वजनिक

काठमाडौं : स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भी५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो स्मार्टफोन प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजन रहेको कम्पनीको भनाइ छ । 

भिभो भी५० मा रहेको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेराले रहेको छ । भिभो भी५० ले फोके अल्ट्रा–क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्च स्तरको भिडियो निर्माणमा सहयोग पुर्‍याउने कम्पनीको दाबी छ । यो स्मार्टफोन दुई रङहरू स्टारी ब्लु र स्याटिन ब्लाकमा उपलब्ध हुनेछ ।

६ हजार एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले १० मिनेट चार्जमै ६ घण्टा कुरा गर्ने वा ३ घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता दिने जनाइएको छ । आईपी ६८ र ६९ वाटर तथा डस्ट रेसिस्टेन्सले यो स्मार्टफोनलाई दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ ।

नयाँ टेक्नोलोजी र उत्कृष्ट डिजाइन सहितको भिभो भी५०को नेपाली बजार मूल्य ६७ हजार नौ सय ९९ तोकिएको छ । मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुनेछ, जसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स पाउनेछन् । पहिलो बिक्री मार्च २५ बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise