२०८१ चैत ६ गते बुधवार / Mar 19 , 2025 , Wednesday
२०८१ चैत ६ गते बुधवार
Ads

स्वावलम्बन लघुवित्तद्वारा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

draupadi film
मध्यान्ह
२०८१ चैत ५ गते २०:५३
स्वावलम्बन लघुवित्तद्वारा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ‘विद्यार्थीहरुसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण’ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको शंखरापुर नगरपालिका साँखु स्थित भगवती माध्यामिक विद्यालयमा २४० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा संस्थाले सो कार्यक्रम सम्पन्न गरेको हो ।

यूवा तथा विद्यार्थीहरूमा वित्तीय सचेतना जगाउने, वातावरण सरक्षण गर्ने र ३ शुन्य (शुन्य कार्बन उत्सर्जन, शुन्य गरिवी र शुन्य बेरोजगारी) अवधारणाको विकास गर्ने उद्देश्यले शाखा कार्यालय साँखु, काठमाडौंले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरेको जनाइएको छ ।

कार्यक्रममा संस्थाका नायब महाप्रवन्धक गोविन्द चापागाइँले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने र प्रवन्धक सुमन श्रेष्ठले श्रोत व्यक्तिको रूपमा वित्तीय साक्षरता कार्यक्रम र ३ शुन्य कार्यक्रमको प्रस्तुतीकरण दिएका थिए । 

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उप–प्रधानाध्यापक संजीव श्रेष्ठ लगायत शिक्षकहरू, शाखा कार्यालयका कर्मचारीहरू लगायत अभिभावकहरूको समेत सहभागिता थियो ।

ADV

सम्बन्धित खबर

Advertise