२०८१ चैत ६ गते बुधवार / Mar 19 , 2025 , Wednesday
२०८१ चैत ६ गते बुधवार
Ads

एनसेल नेपाल सुपर लिगको टिकेटिङ पार्टनर घोषणा

draupadi film
मध्यान्ह
२०८१ चैत ५ गते २०:५५
एनसेल नेपाल सुपर लिगको टिकेटिङ पार्टनर घोषणा

कठमाडौं : देशको पहिलो र एक मात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग, एनसेल नेपाल सुपर लिग (एनएसएल) आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती र आइएमई पेलाई आधिकारिक टिकटिङ पार्टनरको रूपमा घोषणा गरेको छ । एनएसएल, खल्ती र आइएमई पे बीचको त्रिपक्षीय सम्झौतामार्फत् स्थापित साझेदारी अन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिने जनाइएको छ ।

मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ । समर्थकहरूले खल्ती र आइएमई पे मार्फत् डिजिटल वालेट, मोबाइल बैंकिङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सक्नेछन् ।

ADV

सम्बन्धित खबर

Advertise