काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुको सीप पहिचान गर्न श्रम सूचना बैंकमार्फत तथ्यांक राख्न थालिएको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्य पूर्व सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री यादवले नेपाली युवायुवतीहरु वैदेशिक रोजगारीमा जान थालेको दशकौं भएपनि उनीहरु स्वदेश फर्किंदा के कस्तो सीप लिएर फर्किए त्यसको तथ्यांक नरहेकोले बैंकमार्फत तथ्यांक राख्न थालिएको बताए ।
श्रम सूचना बैंकबाट स्वदेशमा रोजगारी खोजी गर्ने युवा युवती र उनीहरुलाई रोजगारी दिने रोजगारदाता दुवैलाई लाभ पुग्ने मन्त्री यादवको भनाइ छ । श्रमिक बैंक सञ्चालको कानून र कार्यविधि बनाउने र यसको आवश्यकताका विषयमा प्रचार प्रसार गर्ने काम भइरहेको भन्दै मन्त्री यादवले बैंकले काम शुरु गरेपछि विदेशमा नेपालीले सिकेको सीप र उनीहरुले आर्जन गरेको पुँजी सबैको विवरण हुने बताए ।
नेपालमा रोजगार आकांक्षी युवा युवतीहरुको संख्या ठूलो भएपनि उनीहरुको सीपको पहिचान हुन नसकेको भन्दै मन्त्री यादवले रोजगारदाताहरुले उपयुक्त जानकारीको अभाावमा विदेशी कामदारहरुलाई रोजगारीमा लगाइरहेको बताए । उनले भने, ‘सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरुमा ती सीपयुक्त जनशक्तिलाई प्रयोग गरिने छ । यसका लागि खाडीस्थित नेपाली दूतावास र एनआरएनएजस्ता सामाजिक संघसस्थाहरुले सकारात्मक भूमिका खेल्न जरुरी छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies