२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बीमा राज्यले गर्नुपर्ने

Nada
२०८१ चैत ६ गते १८:०१
Shares
गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बीमा राज्यले गर्नुपर्ने

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले १८ प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बीमा सरकारले गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

ncell

आजको प्रतिनिधिसभा बैठकमा सांसद डा. सुनिलकुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चिततासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नु निकै महत्त्वपूर्ण भएको मन्त्री पौडेलले बताए ।

‘स्वास्थ्य बीमाको कानुन बनाउँदा १८ प्रतिशत गरिबीको रेखामुनि रहेका नेपालीको बीमा सरकारले गर्ने व्यवस्था गर्ने गरी स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ’, मन्त्री पौडेलले भने, ‘नेपालमा ६६ लाख घरपरिवार छन, सबैलाई अनिवार्य स्वास्थ्य बीमामा जोडनुपर्छ, सक्नेले आफैँ गर्छन, नसक्नेलाई राज्यले तिर्ने व्यवस्था गर्नुपर्छ ।’

उनले नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको सुरु गर्न मन्त्रालयले प्रतिवेदन ल्याएको र स्रोत सुनिश्चितताबारे योजना बनाइरहेको बताए ।स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लामा सात सय ५३ स्थानीय तहमा लागू भएको छ । सेवा प्रदायक संस्था चार सय ८४ रहेका छन् । जसमध्ये सरकारी ४०३ सरकारी अस्पताल, ४८ निजी अस्पताल र ३३ वटा सामुदायिक अस्पताल छन् । देशभरी तीन सय ४४ कर्मचारी अस्थायी र करारमा कार्यरत छन् ।   

‘स्वास्थ्य बीमाको स्रोत सुरक्षित छैन र आम्दानी पनि सुनिश्चित छैन’, मन्त्री पौडेलले भने, ‘बीमा कोष बनाएर व्यवस्थित बनाएर लैजानुपर्छ, यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, सल्लाह गरौँ ।’ उनले स्वास्थ्य बीमाको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने र अहिले रु एक लाखको बीमालाई रु पाँच लाख बनाएर जाने सकिएमा राम्रो हुने बताए ।  

ताजा खबर

सम्बन्धित खबर