२०८१ चैत ७ गते बिहिवार / Mar 20 , 2025 , Thursday
२०८१ चैत ७ गते बिहिवार
Ads

बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

draupadi film
मध्यान्ह
२०८१ चैत ६ गते १८:५८
बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

काठमाडौंः राष्ट्रियसभाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक, २०८०’ पारित गरेको छ । 

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको सो विधेयक सभामा सर्वसम्मतिले पारित भएको हो । 

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गरेका छन् । 

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभासमक्ष जानकारी गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक चैत ८ गते ११ बजे बस्ने भएको छ । 

ADV

सम्बन्धित खबर

Advertise