काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाका प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशकबीच बजेटबारे छलफल भएको छ ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो ।
उक्त भेटघाटको क्रममा महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२÷८३ को बजेट सम्बन्धी सुझावहरू पेश गरेका छन् । छलफलमा उनले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख पनि गरेका थिए ।
सोही क्रममा महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए । सो छलफलमा नाडाका सचिव बिक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति रहेको थियो ।