काठमाडौं : सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा सुविधा थप भएको छ ।
बैंकले ग्राहकहरूको लागि अब घरमै बसेर बैंकको मोबाइल बैंकिङ एप मार्फत् आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा एप मार्फत् अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ ।
यस सुविधा पश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र भन्झट मुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको जनाएको छ ।
साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत् नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।