२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

बसको ठक्करबाट महिलाको मृत्यु

draupadi film
पूर्ण तामाङ
२०८१ चैत ७ गते ११:०६
बसको ठक्करबाट महिलाको मृत्यु

नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिका-१, दान्सिङ छाप डाँडामा हिजो साँझ बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

काठमाडौँबाट तारकेश्वरतर्फ आउँदै गरेको बा २ खा ६८०४ नम्बरको बसबाट ओर्लिने क्रममा दुर्घटना भएको हो । मृतक तारकेश्वर-१ की स्थायी बासिन्दा थिइन् । उनी आफ्ना आफन्तको क्रियाक्रम सकेर तारकेश्वर-५ निग्लेनीबाट घर फर्कँदै थिइन् ।

बसबाट ओर्लिने क्रममा सवारी अगाडि बढ्दा उनी चेपिएर गम्भीर घाइते भएकी थिइन् । स्थानीयले तत्कालै उद्धार गरी त्रिशूली अस्पताल पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भयो ।

स्थानीयवासीका अनुसार बस चालक यात्रुहरूमाथि रिसाउने, छिटो झार्न दबाब दिने तथा हतारिने बानी राख्दै आएका थिए । उनीहरूको लापरवाहीकै कारण आज एक निर्दोष महिलाले ज्यान गुमाउनु परेको स्थानीयबासीले बताएका छन् ।

हाल प्रहरीको नियन्त्रणमा रहेका चालक र बसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise