२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

२५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न रास्वपाको माग

draupadi film
मध्यान्ह
२०८१ चैत ७ गते १२:५२
२५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न रास्वपाको माग

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले केही दिनअघि काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको बताएका हुन् । 

उनले भने, ‘२५ करोड रुपैयाँ टोखामा समातियो । विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं । ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो । कहिलेपनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन । यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला र ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ । यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरुलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ ?’ 

साथै उनले सिरहामा दलितको घर भत्काएर महायज्ञको तयारी गरेको भन्दै घोर भत्र्सना गरे । उनले यो घटनामा सम्बन्धित रहेकाहरुलाई कडा कारवाही गर्नको लागि समेत अनुरोध गरे ।

उनले भने, ‘सिरहामा जुन घटना भयो एउटा दलितको घर भत्काएर महायज्ञको तयारीको घोर भत्र्सना गर्न चाहन्छु । सम्बन्धित साझेदारहरुलाई र निकायहरुलाई यसमा कडा कारवाही गर्नको लागि अनुरोध गर्दछु ।’
 

ADV

सम्बन्धित खबर

Advertise