२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

परीक्षा केन्द्रबाट ४२४ थान मोबाइल जफत, चिट चोर्न सघाउने निरीक्षक पक्राउ

draupadi film
मध्यान्ह
२०८१ चैत ७ गते १८:२८
परीक्षा केन्द्रबाट ४२४ थान मोबाइल जफत, चिट चोर्न सघाउने निरीक्षक पक्राउ

रौतहटः रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीबाट ४२४ थान मोबाइल सेट जफत गरिएको छ । बिहीबार परीक्षा अनुगमन समितिले परीक्षा केन्द्रमा परीक्षार्थीले चिट चोर्ने प्रयोजनका लागि लुकाइ-छिपाइ राखेका ४२४ थान मोबाइल जफत गरेको हो । 

याेसँगै चिट चोर्न सहयोग गरेका दुई जना निरीक्षकलाई प्रहरीले पक्राउ गरेकाे छ । श्री यमुनामाइ माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रबाट एक जना र श्री लक्ष्मीनिया माध्यमिक विद्यालय मौलापुरबाट एक जना गरी दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन् ।

रायका अनुसार झुन्खुन्वा परीक्षा केन्द्रमा परीक्षार्थीहरुबाट केही रकम लिइ परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई परीक्षा मर्यादा भंग गर्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise