२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

नेपाली मुस्लिम समाज कतारको आयोजनामा वृहत् इफ्तार कार्यक्रम सम्पन्न

draupadi film
तिलु शर्मा पौडेल
२०८१ चैत ७ गते २१:४४
नेपाली मुस्लिम समाज कतारको आयोजनामा वृहत् इफ्तार कार्यक्रम सम्पन्न

दोहा कतार : नेपाली मुस्लिम समाज कतारको आयोजनामा वृहत् इफ्तार कार्यक्रम सम्पन्न भएको छ । बिहीबार मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा नज्मामा रहेको रहेको रोयल अक्सा रेस्टुरेन्टको हलमा शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कुरान तिलावात (मौलाना जनाव) बाट गरिएको थियो। 

इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्र महिना रमजानको  महत्वका बारेमा धर्मगुरुहरूले प्रकाश पारेका थिए । गुरुहरूले रमजानमा कुल बचतको २.५ प्रतिशत रकम न्यून आए भएका नागरिकमा जकातका रूपमा प्रदान गर्नु पर्ने बताए । अश्लील क्रियाकलापबाट रोक्नु र हज गर्नु पनी रमजानको अर्को महत्त्वपूर्ण आधार स्तम्भ रहेको बताए । बिहीबार सम्ममा रमजानको २० औ दिन बितिसकेको र बाँकी रहेका रोजाका दिनहरू आत्मसमिक्षाका दिनहरू रहेको बताएका थिए ।

समाजका अध्यक्ष मोहमद इस्माईल पन्तको सभाध्यक्षता तथा नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यतामा ईफ्तार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गैरआवासिय नेपाली सङ्घ कतारका महासचिव रबिन मगर, वैचारिक सङ्गठन, प्रदेश, सामुदायिक, र जिल्ला संस्थाका प्रमुखहरू तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो  ि 

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले मुस्लिम समुदायले हरेक रमजानमा गर्ने दानको एक परोपकारी कोष बनाई कतारमा आवश्यक परेका नेपालीहरूलाई सहयोग गर्न सके थप पुण्य मिल्ने धारणा राखे ।  कार्यक्रममा उपस्थितलाई उपाध्यक्ष शैख जिकरुल्लाहले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । महासचिव मोहमद सद्दाम हुसेनले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष पन्तले इफ्तार कार्यक्रममा जोडिनेहरू प्रति आभार व्यक्त गरेका थिए । कार्यक्रम रोयल अक्सा रेस्टुरेन्टका सञ्चालक तारीफ हुसेन दिवानको संयोजकत्वमा सम्पन्न भएको हो ।


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise