२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

कालीगण्डकी कोरिडोर : नौ किलोमिटर कालोपत्र

draupadi film
मध्यान्ह
२०८१ चैत ८ गते ११:४३
कालीगण्डकी कोरिडोर : नौ किलोमिटर कालोपत्र

म्याग्दी : बेनी-जोमसोम-कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ-तातोपानी-घाँसा खण्ड कालोपत्र भएको छ । 

आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका-३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका-२ तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको छ”, उनले भने ।

विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise