२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

नेपालको वर्तमान राजनीतिक प्रणालीप्रति भारत स्पष्ट छ: परराष्ट्रमन्त्री राणा

draupadi film
मध्यान्ह
२०८१ चैत ८ गते १६:३९
नेपालको वर्तमान राजनीतिक प्रणालीप्रति भारत स्पष्ट छ: परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतले नेपालको प्रजातान्त्रिक प्रणालीलाई समर्थन जारी राखेको बताएकी छन् ।

झन्डै दुई हप्ता लामो भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भारतको समर्थन नेपालको वर्तमान राजनीतिक प्रणालीप्रति नै रहेको स्पष्ट भएको बताइन् ।

भ्रमणका क्रममा भारतीय वरिष्ठ अधिकारीहरूसँग नेपालको राजनीतिक विषयमा खास कुरा नभएको जानकारी दिँदै मन्त्री देउवाले तर भारत र भारतीय नेताहरूको समर्थन नेपालको अहिलेकै प्रणालीप्रति रहेको उनीहरूको हरेक गतिविधिबाट बुझ्न जरुरी भएको बताइन् ।
नेपालमा राजावादीहरूको चलखेल बढिरहेको प्रसङ्गमा उनले अहिलेको सरकारसँग भारतीय पक्ष जोडिएको र सरकार नै परिवर्तन गर्ने, व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उनीहरूमा आफूले नदेखेको उल्लेख गरिन् ।

नेपालको राजनीतिक प्रणाली नै परिवर्तन हुने चाहना उनीहरूमा नदेखिएको बताइन् । भारतीय पक्ष अहिलेको व्यवस्थाविरुद्ध नरहेको आफूले पाएको उनले स्पष्ट गरिन् ।

मन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र कुराकानी नभएको र त्यसको पहल पनि नगरेको बताइन् । तर भ्रमणका क्रममा उनी भारतीय समकक्षी एस जयशंकरसँग भेट गरेकी थिइन् ।

नेपालमा राजावादीहरूको प्रदर्शन चर्किएको बेला भारत गएकी परराष्ट्रमन्त्री देउवाले फर्किएपछि यस्तो बताएकी हुन् । उनी भारत जाँदा कतिपयले नेपालमा चर्किएको राजावादी आन्दोलन प्रति भारतको धारणा बुझ्न गएको भनेर टिप्पणी गरेका थिए ।
मन्त्री देउवा १० मार्चमा भारत भ्रमणमा गएकी थिइन् । भारत सरकारले आयोजना गरेको राइसिना डायलगमा सहभागी हुनुअघि उनी झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पुगेर पूजाआजा गरेकी थिइन् ।्
 

ADV

सम्बन्धित खबर

Advertise