काठमाडौं : अमेरिकाले एमसीसीअन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । एमसीए नेपालका अनुसार एमसीसीअन्तर्गतका निश्चित कार्यक्रम अघि बढाउन अमेरिकाको अनुमति प्राप्त भएको छ ।
अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको एमसीए नेपालले जनाएको छ । यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति कुनै संकेन भने गर्दैन ।
अघि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू पर्ने एमसीए नेपालले जनाएको छ ।
एमसीए नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको र पारदर्शिताप्रति प्रतिबद्ध रहेको पनि एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमसीए नेपालले अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको पनि उल्लेख गरेको छ ।
यसअघि गत फेब्रुअरीमा अमेरिकी सरकारले एमसीसीअन्तर्गत नेपालले पाएको अनुदानअन्तर्गतका भुक्तानी समीक्षाका लागि ९० दिनका स्थगित गरिएको जानकारी नेपाल सरकारलाई दिएको थियो ।
माओवादीलााई लागेको रोगको उपचार जनताले मात्रै गर्न सक्ने अध्यक्ष दाहालको भनाइ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्नेमा जोड