२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

पूर्वविशिष्टलाई सुविधा दिनुहुन्न : स्वास्थ्यमन्त्री

draupadi film
मध्यान्ह
२०८१ चैत ९ गते १८:०५
पूर्वविशिष्टलाई सुविधा दिनुहुन्न : स्वास्थ्यमन्त्री


काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरूलाई सुविधा दिन नहुने बताएका छन् । 

नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पौडेलले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था गलत भएको बताएका हुन् । 

राज्यले मानसम्मान गर्नुसम्म ठिक भएपनि अन्य सेवा दिन नहुने उनको भनाइ छ ।  

त्यस्तै उनले नेपालगञ्ज मेडिकल कलेजका समस्याको समाधान कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिए । ‘मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ’, उनले भने । 

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । 

उनले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताए ।
स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए । उनले बिरामीहरूका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताए ।  
 

ADV

सम्बन्धित खबर

Advertise