२०८१ चैत १२ गते मङ्गलवार / Mar 25 , 2025 , Tuesday
२०८१ चैत १२ गते मङ्गलवार
Ads

पर्यटकीय स्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै

draupadi film
मध्यान्ह
२०८१ चैत १० गते ०९:२४
पर्यटकीय स्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी : मंगला गाउँपालिका-२ सिमबाट कोत्रवाङ-खुम्ल्याह-पैयुपाटा-कुहुँ-पूर्णगाउँ हुँदै पर्यटकीय स्थल टोड्के पुग्ने १० किलोमिटर सडकको १४ वर्षपछि स्तरोन्नति सुरु भएको छ ।

संघीय सरकार र मंगला गाउँपालिकाको रु. चार करोड लागत साझेदारीमा यस वर्ष सडकको प्रवेश बिन्दुमा पर्ने सिम र खुम्ल्याह क्षेत्रमा फराकिलो पार्ने, पानीको निकासका निम्ति नाली, ग्यावियन पर्खाल बनाउने र ढलानको काम प्रारम्भ भएको हो । विनियोजन भएको यो आयोजना मंगला गाउँपालिकाको यो वर्षको सबैभन्दा ठूलो हो ।

मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार आगामी असार भित्रमा  निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सिम चोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति थालिएको छ । सिम चोक, पातल, कुहुँ र पूर्ण गाउँ क्षेत्रमा  ग्यावियन जाली भर्ने र पर्खाल निर्माण धमाधम भइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise