२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

आज विश्व मौसम विज्ञान दिवस

draupadi film
मध्यान्ह
२०८१ चैत १० गते ०९:३९
आज विश्व मौसम विज्ञान दिवस

काठमाडौँ : आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ ।

सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकामा विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने संकटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा संयुक्त राष्ट्रसंघले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise