२०८१ चैत १२ गते मङ्गलवार / Mar 25 , 2025 , Tuesday
२०८१ चैत १२ गते मङ्गलवार
Ads

काभ्रेको मण्डनदेउपुर र जापानको फुजिनोमिया शहरबीच भगिनी सम्बन्ध

draupadi film
मध्यान्ह
२०८१ चैत १० गते १५:३१
काभ्रेको मण्डनदेउपुर र जापानको फुजिनोमिया शहरबीच भगिनी सम्बन्ध

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।

भगिनी सम्बन्धका लागि मण्डनदेउपुरको विशेष निमन्त्रणामा जापानको फुजिनोमिया नगरका मेयर हितेतादा सुदो तथा नगर प्रमुख टोकबहादुर वाइबाले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका छन् ।

दुवै मेयरले भगिनी सम्झौताले मण्डनदेउपुर र फुजिनोमिया नगरबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई सशक्त बनाउने विश्वास व्यक्त गरे । मेयर सुदोले नेपाल विशेषगरी काभ्रेपलाञ्चोकको सांस्कृतिक सम्पदाप्रति विशेष चासो व्यक्त गर्दै यो सम्बन्धले दुई नगरबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।

त्यस्तै, नगर प्रमुख वाइबाले भगिनी सम्बन्धले मण्डनदेउपुरलाई अन्तर्राष्ट्रिय तहमा चिनाउने अवसर प्रदान गर्ने उल्लेख गरे । उनले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउादै धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

दुई देशको नगरपालिकाबीच आपसी सहयोग तथा गहिरो भातृत्व सम्बन्ध र समझदारीलाई प्रवद्र्धन एवं संवद्र्धन गर्ने उद्देश्यले भागिनी सम्बन्ध कायम भएको मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise