२०८१ चैत १२ गते मङ्गलवार / Mar 25 , 2025 , Tuesday
२०८१ चैत १२ गते मङ्गलवार
Ads

अप्पर तामाकोशीका कर्मचारी आन्दोलित

draupadi film
मध्यान्ह
२०८१ चैत १० गते १५:४५
अप्पर तामाकोशीका कर्मचारी आन्दोलित

काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । हाइड्रोमा कार्यरत दोलखाबासी कर्मचारीहरूले शान्तिपूर्ण धर्ना तथा विरोध सभा सुरु गरेका हुन् ।

कम्पनी व्यवस्थापनले २ वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा सुविधामा विभेद गरेको भन्दै उनीहरूले आन्दोलन थालेको बताएका छन् । पटकपटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुको विकल्प नभएको उनीहरुको भनाइ छ ।

दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिले आइतबार र सोमबार प्लान्ट ओपरेसनका लागि जिल्ला बाहिरका सवारी चालक कर्मचारीद्वारा पोर्टलमा रहने गरी १ वटा सवारी साधन सञ्चालन गर्न दिने बताएको छ ।

त्यस्तै, चैत १२ गतेदेखि सहमति कार्यान्वयन नभएसम्म प्लान अपरेशनमा भैपरी आउने आपतकालीन अवस्थाबाहेक कम्पनीको कुनै पनि सवारी साधन सञ्चालनमा रोक लगाउने बताएको छ ।

समितिले गोंगरस्थित कार्यालयको कामकाज पनि ठप्प गर्ने जनाएको छ । असोज ६ गते कम्पनी व्यवस्थापन र दोलखा जिल्लाबासी कर्मचारीहरुद्वार गठित संघर्ष समितिका प्रतिनिधिहरुबीच माघ मसान्तसम्ममा सबै कर्मचारीहरूको सेवा सुविधामा समानता कायम गर्ने द्विपक्षीय सहमति पछि धर्ना कार्यक्रम रोकिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise