२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

सिरीजंघा महोत्सव वैशाखमा हुने

draupadi film
मध्यान्ह
२०८१ चैत १० गते १८:१२
सिरीजंघा महोत्सव वैशाखमा हुने

काठमाडौं : कंचनजंघा हिमाल र नवनिर्मित कंचनजंघा साहसिक पदमार्गको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देष्यका साथ ताप्लेजुङको सिरीजंघा गाउँपालिका सिरीजंघा पर्यटन महोत्सव २०८२ को तयारीमा जुटेको छ ।

आगामी १३ वैशाखदेखि १५ गतेसम्म कंचनजंघा साहसिक पदमार्गमा पर्ने ३३ सय मिटरको उचाइमा रहेको नयाँ झोरेनीमा आयोजना हुने उक्त महोत्सवको आधिकारिक लोगो र प्रोमो पनि सार्वजनिक गरिएको छ । भिडियो प्रोमो मुन्धुम फिल्मस् युट्युब च्यानलबाट सार्वजानिक भएको छ ।

सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले पर्यटन प्रर्वद्धन, जलवायु परिवर्तनको असरवारे सचेतना र पालिकाको आर्थिक समृद्धिको लागि सिरीजंघा पर्यटन महोत्सव २०८२ कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

सिरीजंघा पर्यटन महोत्वसअन्तरगत जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न ५–१३ वैशाखसम्म कंचनजंघा साहसिक पदमार्ग अवलोकन कार्यक्रम, १४ र १५ वैशाखमा स्थानीय याक, चौरी प्रवद्र्धन तथा प्रर्दशन, १५ बैशाखमा कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता–२०८२ र सोही दिन बेलुका कला, साहित्य तथा संगीत कार्यक्रम आयोजना गरिने छ ।
 

ADV

सम्बन्धित खबर

Advertise