२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

महिला चिकित्सकलाई मानसिक यातना दिएको आरोप

draupadi film
प्रदिप सिंह
२०८१ चैत १० गते २१:३३
महिला चिकित्सकलाई मानसिक यातना दिएको आरोप

लहान : सगरमाथा चौधरी आँखा अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि निरन्तर मानसिक यातना दिएको आरोप लागेको छ । पटक–पटक अस्पताल प्रशासनलाई गुनासो गर्दा पनि कुनै कारबाही नभएपछि डा. सीमा मेहता शनिबार बैठककै क्रममा अचेत भएर ढलेकी छन् ।

शनिबार अस्पतालको माथिल्लो तलामा समाजसेवी, बुद्धिजीवी र अस्पताल सञ्चालक समितिको बैठक चलिरहेको थियो । सोही क्रममा कान, नाक तथा घाँटी विभागमा कार्यरत डा. सीमा मेहता अचानक बेहोस भइ कुर्सीबाट लडेकी थिइन् । 
उनलाई तुरुन्तै व्हीलचेयरमा राखेर लहानस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पु¥याइयो । हाल उनको उपचार भइरहेको छ ।

मानसिक यातनाका कारण अवस्था गम्भीर

पीडितका श्रीमान दीपेन्द्र सिंहका अनुसार डा. सीमामाथि अस्पतालकै चिकित्सक डा. विजय चौधरीले पटक–पटक मानसिक यातना दिएको आरोप लगाए । 

‘हामीले बारम्बार अस्पताल प्रशासनलाई मौखिक र लिखित रूपमा गुनासो ग¥यौं, तर कुनै कारबाही भएन । निरन्तर यातनाका कारण मेरी श्रीमती डिप्रेसनको शिकार भइन्’सिंहले भने । 

अस्पताल प्रशासन मौन
 

यस विषयमा प्रतिक्रिया लिन खोज्दा अस्पताल प्रशासनले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

नेपाल नेत्र ज्योति संघ सिरहाका अध्यक्ष सन्तोष चौधरीले भने,‘घटनाको निष्पक्ष छानबिन हुनेछ । हाल कुनै निष्कर्षमा पुग्न सकिँदैन ।’
तर सीमाका परिवारले अस्पताल प्रशासन प्रमुख अभिषेक रोशनलाई पटक–पटक जानकारी गराइए पनि कुनै ठोस निर्णय हुन नसकेको बताएका छन् । 

डा. सीमालाई मानसिक यातना दिएको आरोप लागेका डा. विजय चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन काटे ।

नेपाल र भारतमा समेत प्रतिष्ठित मानिएको सगरमाथा चौधरी आँखा अस्पतालमा महिला कर्मचारीमाथि मानसिक यातना र दुव्र्यवहारका आरोपहरू सार्वजनिक हुन थालेपछि अस्पतालको साखमाथि गम्भीर प्रश्न उठेको छ । यतिबेला पीडित परिवार न्यायको खोजीमा छ, तर अस्पताल प्रशासन अझै मौन छ ।
 

ADV

सम्बन्धित खबर

Advertise