२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

उदयपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ

draupadi film
बिन्द्र राई
२०८१ चैत १० गते २१:३६
उदयपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ

उदयपुर : उदयपुरमा लागुऔषध ब्राउन सुगरसहित २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।            

जिप्रका उदयपुरका प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार आइतबार विशेष सूचनाको आधारमा जिप्रका उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नं ५ विलाउनेस्थित सप्तरीबाट गाइघाटतर्फ आउँदै गरेको प्र.२–०१–००२ प ७८६३ नं..को मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका ९३ मोतीगडा बस्ने वर्ष ३७ को रत्न भन्ने रोहित चौधरी र वर्ष ३१ को नागेश्वर चौधरीलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा उनीहरूका साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३.६९ ग्राम बरामद गरिएको छ । मोटरसाइकलसहित चालक रत्न चौधरी र नागेश्वर चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise