२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

अर्घाखाँची अस्पतालमा बिरामीको संख्या दोब्बर

draupadi film
सरु भुसाल
२०८१ चैत १० गते २१:३८
अर्घाखाँची अस्पतालमा बिरामीको संख्या दोब्बर

अर्घाखाँची : गर्मीयाम सुरु हुन लागेसँगै अर्घाखाँची अस्पतालमा बिरामीको संख्या  बढेको छ । केही समय पहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनुको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका  जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ ।  

दैनिक एक सय पचासदेखि दुई सय जनासम्म ओपिडीमा उपचारका लागि आउने गरेकामा अहिले बढेर दैनिक चार सयभन्दा बढी बिरामी अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने गरेका अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले जानकारी दिए  । 

डाक्टर  तिवारीका अनुसार अस्पतालमा बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घरोगी दम सुगर प्रेसर लगायतका बिरामी उपचारका लागि आउने गरेका छन् । ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामी पनि बढेका छन् । अस्पतालमा भर्ना भएर उपचार गराउनेकोे संख्या पनि  निकै बढेको अस्पतालका सूचना अधिकारी निम रानाले बताए  ।

अस्पतालमा सिएस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूती गराएर बच्चा निकाल्ने सेवा, मुटुको भिडियो एक्सरे पनि विगत ३ महिनादेखि सञ्चालनमा रहेको र आगामी दिनमा डाइलेसिस सेवा लगायतका थप सेवा अस्पतालमा सञ्चालन गर्ने कार्यक्रम रहेको  अस्पतालमा प्रमुख डा.तिवारीले बताए  ।

अस्पतालमा जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ । शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी पनि खुसी भएका छन् । 

अस्पतालमा  दैनिक ६० देखि ८० जनाको अल्ट्रासाउन्ड  भिडियो एक्सरे हुने गरेको छ । अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले बताए । सिएस सेवा सञ्चालन गर्दा जिल्लामा ब्लड बैंक नभएर समस्या हुने तर शल्यक्रिया गर्नुभन्दा पहिला ब्लड दिने व्यक्तिलाई राखेर शल्यक्रिया गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीले जानकारी दिए । 

गर्मीयाम सुरु भएकाले बिरामीको चाप थप बढ्न सक्ने अनुमान गरेर थप वेडको व्यवस्थापन गर्न लागिएको डा.  तिवारीको भनाइ छ । सरकारले ५० वेडको अस्पतालको मान्यता दिएपनि अस्पताल अहिलेसम्म २५ वेडमानै संचालित छ । 


 

ADV

सम्बन्धित खबर

Advertise