२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

‘सरकारको लगानीमा मात्रै बीमा सेवा दिन सक्ने अवस्था छैन’

Nada
सपना बोहरा
२०८१ चैत १० गते २१:५६
Shares
‘सरकारको लगानीमा मात्रै बीमा सेवा दिन सक्ने अवस्था छैन’

दाङ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारको लगानीमा मात्रै जनतालाई बीमा सेवा निरन्तरता दिन सक्ने अवस्था नभएको बताएका छन् । 

ncell

‘स्वास्थ्य बीमा निरन्तरताको लागि नागरिकको योगदानको आवश्यक देखिएको छ’ नेपाली कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने  ‘नागरिकको लगानीको आधारमा स्वास्थ्य बीमा प्रणालीको  विकल्प छैन ।’ 

सरकारले बीमाका लागि छुट्याउने रकमको तेब्बरले खर्च बढेकोले यस्तो विकल्प खोज्नु परेको उनले बताए ।  ‘बीमा रकमको खर्च अहिलेको अवस्थामा धान्न सक्ने छैन’मन्त्री पौडेलले भने,‘स्वास्थ्य बीमाका क्षेत्रमा धेरै नै विकृति भएको गुनासोहरू आइरहेका छन् ।’
जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताउँदै मन्त्री पौडेलले अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताए । 

अस्पतालले फार्मेसीमा औषधी राख्नुपर्ने, सबै सेवा  सरकारी अस्पतालबाट दिनुपर्ने बताएका थिए ।  सूर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न संघसस्थामा काम गर्नेहरुले दुई प्रतिशत बीमा बोर्डमा जम्मा गर्न सक्ने अवस्था भए अहिले बीमा क्षेत्रमा देखिएको समस्या हट्न सक्ने उनले बताए  । 

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव बालिका लम्सालले गरेकी थिइन् ।
 

ताजा खबर

सम्बन्धित खबर