दाङः दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको प्लाइ उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
राती १ बजेदेखि उद्योगमा आगो लागेको र अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरामा रहेको खैरामा रहेको सांग्रीला प्लाइ उद्योगमा विद्युत सट भएर आगलागी भएको थियो ।
दाङका निमित्ति प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहका अनुसार आगो नियन्त्रणमा लिनका लागि जिल्लाका सबै दमकलहरु परिचालन गरिएको छ। मानवीय क्षति नभए उनले बताए ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण प्लाइ बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ ।