२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

शीर्ष नेताहरूबीचको छलफल : संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति

draupadi film
मध्यान्ह
२०८१ चैत ११ गते १८:०४
शीर्ष नेताहरूबीचको छलफल : संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति

काटमाठौंः तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको छलफलमा संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति भएको छ ।  

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरी अनुसन्धान थालिने जनाइएको छ । 

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।

आजको छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी थिए । 

साथै उक्त छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेललगायत नेताहरु सहभागी थिए ।

 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise