२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

draupadi film
मध्यान्ह
२०८१ चैत ११ गते १८:१२
विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ


काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेतीलाई पक्राउ गरेको छ ।

उनी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । ६५ वर्षीय उप्रेतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

उनीविरुद्ध दायर मुद्दामा सर्वोच्चले गत मंसिर १२ गते २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो । 

तर उनी त्यसपछि फरार रहेकामा आइतबार काठमाडौंको वनस्थलीबाट पक्राउ परेका हुन् । उनलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार  कारागारमा चलान भएको सीआईबीले जनाएको छ । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise