२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

सुख्खा पहिरोले सडक अवरुद्ध

shivam cement
मध्यान्ह
२०८१ चैत ११ गते १८:१५
सुख्खा पहिरोले सडक अवरुद्ध


लमजुङ : मनाङ सडकखण्डमा सुख्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार सोमबार दिउँसो मस्र्याङ्दी गाउँपालिका–४ अन्तर्गत अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हा े।

अचानक खसेको पहिरोले सडक पूरै थुनिँदा यातायात सेवा ठप्प भएको छ । सवारी चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।डुम्रे–बेसीशहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीका अनुसार पहिरोमा ठूला ढुङ्गाहरू खसेकाले सडक खुलाउन समय लाग्ने छ । ‘पहाडबाट ठूला ढुङ्गाहरू खसेका छन् । हटाउन दुई वटा मेसिन (जेसिभी) मगाइएको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराले पहिरो खसेको जानकारी आएसँगै प्रहरी खटाइसकिएको बताए । उनका अनुसार ब्रेकरलगायत मेसिनको प्रयोग गरी सडक खुलाउने काम थालिएको छ ।
पहिरो गएको स्थल लमजुङ सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ करिब ३२ किलोमिटर दूरीमा पर्छ ।
 

ADV

सम्बन्धित खबर

Advertise