२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे  

draupadi film
मुकुन्द लामिछाने
२०८१ चैत १२ गते ०७:१९
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे  

विराटनगर : नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन भएको छ । १०–११ चैतमा विराटनगरमा भएको १०औं महाधिवेशनबाट गणेश पाण्डेको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति घोषणा गरिएको हो ।

अध्यक्षका एक दाबेदार निवर्तमान उपाध्यक्ष राजेश राईलाई उम्मेदवारी फिर्ता गर्न पार्टी नेतृत्वले दबाब दिएपछि उनी पछि हटेका थिए । राईले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डेको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कमिटी घोषणा भएको नेताहरूले बताएका छन् ।  

निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामाको नाम घोषणा गरे । त्यस्तै, उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरू विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी चयन भएका छन् । 

महाधिवेशनमा अधिकांश प्रतिनिधिहरूले मतदानबाट नेतृत्व चयन गर्नुपर्ने माग राखे पनि सर्वसम्मतिका लागि आइतबार नै एमाले महासचिव शंकर पोखरेलले निर्देशन दिएपछि सर्वसम्मतिको प्रयास भइरहेको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise