२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

वीरगञ्जमा नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते ०८:४९
वीरगञ्जमा नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने

पर्सा : वीरगञ्जमा नेपाली नयाँ वर्षका अवसरमा ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । वीरगञ्ज महानगरको आयोजनामा यही चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न लागिएको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतका वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार आयोजना गर्न लागिएको जानकारी दिए । “यो बजार सञ्चालनमा आएपछि अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौँ”, उनले भने । यसअघि पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आइरहेको छ । 

रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडालगायत सरसामानका स्टल राखिने छन् । ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइइएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा रात्रि बजार सञ्चालन गरिने महानगरले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise