२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

डढेलोबाट वन जोगाउन रातदिन गस्ती 

Nada
सूर्यप्रसाद भुसाल
२०८१ चैत १२ गते २२:३५
Shares
डढेलोबाट वन जोगाउन रातदिन गस्ती 

अर्घाखाँची : वन क्षेत्रमा डढेलो लाग्न नदिन अर्घाखाँचीका सबै सरकारी सयन्त्र तयारीमा जुटेका छन् ।
गर्मी याममा अर्घाखाँचीमा डढेलोका कारण मानवीय तथा भौतिक क्षति हुनुको साथै वन क्षेत्रको विनाश हुने गरेको छ । त्यस्ता विपद्का घटना हुन नदिन र भइहाले डढेलो नियन्त्रणका लागि सरकारी निकायले तयारी तीव्र पारेका छन् ।

ncell

अर्घाखाँची डिभिजन वन कार्यालयसहित जिल्लाका ६ वटै स्थानीय पालिका, जिल्ला प्रशासन कार्यालय,  जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेना, सामुदायिक वन, उपभोक्ता समुह लगायत  सरोकारवाला निकायले विभिन्न तयारी गरिरहेको सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले बताए । डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन प्रसाद श्रेष्ठले  वन क्षेत्रलाई डढेलोबाट बचाउन जिल्लास्थित सबै निकायमा उच्च सतर्कता अपनाइएको बताए ।


श्रेष्ठले भने,‘अहिले सारंगी धुनमार्फत गन्धर्व कलाकारहरुबाट सन्देशमूलक सूचना जनताको बीचमा  पु¥याउने काम गरिरहेका छौं । अहिलेसम्म यो सन्देश २ लाख  जनताको बीचमा पु¥याएका छौं ।’ अब  केही दिनभित्रै सामुदायिक वनसँग पनि छुट्टै थप  छलफल गरेर थप कार्य अगाडि बढाउने उनले उल्लेख गरे ।


फागुनदेखि पानी नपरेसम्म विभिन्न ठाउँमा आगो लागेर वन क्षेत्र तहस नहस हुने भएकोले यस वर्ष पहिलाबाट अभियान सुरु गरिएको छ । सुक्खा लम्बिएमा झन् बढी क्षति हुन सक्ने वन कर्मचारीले आँकलन गरेका छन् । डढेलोको कारण विगतमा भएको क्षतिलाईलाई मध्ये नजगर गरेर सरोकारवाला निकायले विभिन्न तयारी गरिरहेका छन् । 

यस्तै डिभिजन वन कार्यलयले डढेलो नियन्त्रण दस्तालाई  तालिम दिन सुरु गरेको छ । सामुदायिक वन उपभोक्ता समूह लगायतमा डढेलो नियन्त्रणका लागि दस्ता र वन हेरालु  धमाधम नियुक्ति गरी वनमा खटाइएको छ । डढेलो नियन्त्रणका लागि तालिम प्राप्त उक्त जनशक्तिलाई अधिकतम उपयोग गर्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रवक्ता केशव खड्काले बताए । 
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार अर्घाखाँचीमा  वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि २ दमकल र केही ट्याक्टर स्थानीय सरकारसँग छन् । डिभिजन वन कार्यालयहरुले सामुदायिक वन, स्थानीय तह र सरोकारवालासँग मिलेर प्रभावकारी रूपमा डढेलो नियन्त्रण गर्ने गरी काम गरेको प्रमुख जिल्ला अधिकारी अर्याल बताउँछन्  । उनले  स्थानीय तहसँग समन्वय गरेर डढेलो लागेको स्थानमा तत्काल दमकल पठाउने उल्लेख गरे  । 
 

ताजा खबर

सम्बन्धित खबर