२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

मुख्यमन्त्रीको निर्देशन लत्याउँदै रौतहटको आनन्द हस्पिटल

draupadi film
कृष्ण तिवारी
२०८१ चैत १२ गते २२:४८
मुख्यमन्त्रीको निर्देशन लत्याउँदै रौतहटको आनन्द हस्पिटल

रौतहट : मधेश प्रदेशका मुख्यमन्त्रीको निर्देशनलाई बेवास्ता गर्दै बन्द गरिएकोमध्ये रौतहटमा एक अस्पताल सञ्चालन भइरहेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनलाई ठाडो अवज्ञा गर्दै रौतहटको गरुडा नगरपालिका –५ शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्यूपन्चर सेन्टरले बिरामीलाई निर्वाध उपचार गरिरहेको हो ।

मुख्यमन्त्री सिंहले केहि दिनअघि आनन्द हस्पिटलमा अनुगमन गरेका थिए । अनुगमनको क्रममा मापदण्ड विपरीत हस्पिटल सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल एक्यूपन्चर सेन्टरलाई बन्द गर्न निर्देशन दिएका थिए । मापदण्ड पूरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक उमेशप्रसादले अटेरी गरी निर्वाध रूपमा हस्पिटल सञ्चालन गरेका हुन् ।

मापदण्ड पूरा नै नगरी हस्पिटल सञ्चालन गरी सञ्चालक उमेश प्रसादले मानवको स्वास्थ्य जीवनसँग गम्भीर खेलवाड गर्दा पनि नियमनकारी निकायले भने कुनै चासो दिएको छैन । साथै, उपचारको नाममा चर्को रकम असुली गर्दै आएको आनन्द हस्पिटल शिवनगरलाई बन्द गराउन रौतहटको प्रहरी प्रशासनले पनि खासै चासो देखाएको देखिँदैन ।

पावर र पहुँचको भरमा मापदण्ड विपरीत सञ्चालित आन्नद हस्पिटल सञ्चालन भइरहदा समेत प्रहरी र मुख्यमन्त्री सिंहले ति हस्पिटललाई बन्द गराउन सकिरहेका छैनन् । रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले आनन्द हस्पिटलमा मुख्यमन्त्रीले अनुगमन गर्नुभन्दा अघिकै लकवा, प्यारालाइसिसका बिरामी रहेको र ती बिरामीहरूको अन्यत्र व्यवस्थापन नहुँदा हस्पिटल भित्र राखेर बिरामीको उपचार भइरहेको बताए ।

अन्य ठाउँमा बिरामी सार्ने बित्तिकै ती हस्पिटल पूर्णरुपमा बन्द हुने एसपी घिमिरे बताउँछन् । तत्काल अन्य ठाउँमा व्यवस्थापन नहुन्जेलसम्मको लागि पुरानै विरामीलाई आनन्द हस्पिटलले उपचार गर्नुपर्नेमा ती हस्पिटलले नयाँ बिरामीलाई समेत भर्ना गरी उपचार गरिरहेको पाइएको उनले बताए ।

उक्त हस्पिटल बन्द गर्न निर्देशन दिने मुख्यमन्त्री सतिशकुमार सिंहले पनि आफैले दिएको निर्देशन नमान्ने आनन्द हस्पिटलका सञ्चालकलाई कानुनी कारबाही गर्ने विषयमा मौन देखिएका छन् । यस सन्दर्भमा प्रतिक्रिया लिन मुख्यमन्त्री सतिशकुमार सिंहलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise