काठमाडौंः सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ ।
प्लाजाको पाँचौ तल्लामा आगलागी हुँदा छैटौं तलामा रहेका केही मानिस फसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फसेकामध्येबाट ७ जनाकाे उद्धार गरिएकाे छ ।
बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको अवस्था छ । फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ । भवन आगलागीका कारण धनजनको क्षति हुन नदिई सकुशल रुपमा उद्धार गर्न सकियोस् भनी नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाएको गृहमन्त्रालयले जनाएको छ ।
साथै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।