२०८१ चैत १६ गते शनिवार / Mar 29 , 2025 , Saturday
२०८१ चैत १६ गते शनिवार
Ads

कुलमानलाई बर्खास्त गरेको भन्दै विपक्षी दलहरुद्वारा संसद अवरोध, बैठक आधा घण्टाका लागि स्थगित

draupadi film
मध्यान्ह
२०८१ चैत १३ गते ११:५३
कुलमानलाई बर्खास्त गरेको भन्दै विपक्षी दलहरुद्वारा संसद अवरोध, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

बस्नेतले प्रधानमन्त्रीको जवाफ माग गरे । प्रधानमन्त्रीले जानकारी नगराएसम्म संसद सुरु हुन नदिने उनले चेतावनी दिए ।

विपक्षी दलका सांसदहरूको विरोधपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise