२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

कुलमानलाई बर्खास्त गरेको भन्दै विपक्षी दलहरुद्वारा संसद अवरोध, बैठक आधा घण्टाका लागि स्थगित

himalayanlife
२०८१ चैत १३ गते ११:५३
Shares
कुलमानलाई बर्खास्त गरेको भन्दै विपक्षी दलहरुद्वारा संसद अवरोध, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

बस्नेतले प्रधानमन्त्रीको जवाफ माग गरे । प्रधानमन्त्रीले जानकारी नगराएसम्म संसद सुरु हुन नदिने उनले चेतावनी दिए ।

विपक्षी दलका सांसदहरूको विरोधपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर