सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगलागी हुँदा फसेमा १६ जनाको उद्धार गरिएको छ ।
विहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा लागेको लागोका कारण माथिल्लो तलामा रहेका मानिसहरु फसेका थिए । फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याइएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।