२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय

Nada
२०८१ चैत १३ गते १३:१३
Shares
भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय

काठमाडौं : सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको छ ।

ncell

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय दलहरूको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई अघि नबढाउने निष्कर्षसहित नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा अरू अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएका थिए । तर भूमि अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गरिएको थिएन ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर