२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

‘सुरक्षाको सवालमा नागरिकसँग हातेमालो गर्नुपर्छ’

Nada
२०८१ चैत १३ गते १३:२१
Shares
‘सुरक्षाको सवालमा नागरिकसँग हातेमालो गर्नुपर्छ’

चितवनः नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सुरक्षा, अमनचयनका लागि प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन्। 

ncell

उद्योग वाणिज्य सङ्घ चितवनले आज आयोजना गरेको प्रहरी प्रमुखलाई बधाई, स्वागत एवं छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘सुरक्षाको सवालमा प्रहरी एक्लैले सम्भव छैन । समुदायसँग हातेमालो गर्न आवश्यक छ ।’

देशको शान्ति सुरक्षाका विषयमा आफू सजग भएर काम गर्ने उनको भनाइ थियो । प्रहरीको जनशक्ति जनताको तुलनामा कम भएकाले यसलाई बढाउन पहल गरिने उनले बताए । चितवनको विभिन्न स्थानमा अस्थायी प्रहरीचौकीको आवश्यकता रहेको बताउँदै उनले यहाँका जनता र व्यवसायीको सुरक्षाका लागि आफू सधैँ सचेत भएको बताए ।

सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्षहरु उत्तमलाल चुके, राजन गौतम, राजु श्रेष्ठ, सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले जिल्लामा उद्योग व्यवसाय गर्न सक्ने गरी सुरक्षा प्रबन्ध गर्न आग्रह गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर