२०८१ चैत १६ गते शनिवार / Mar 29 , 2025 , Saturday
२०८१ चैत १६ गते शनिवार
Ads

नेत्रज्योति दिवसका अवसरमा बाल सेवा फाउन्डेसनमा निःशुल्क आँखा परीक्षण

draupadi film
मध्यान्ह
२०८१ चैत १३ गते १५:१२
नेत्रज्योति दिवसका अवसरमा बाल सेवा फाउन्डेसनमा निःशुल्क आँखा परीक्षण

काठमाडौं : नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसका अवसरमा काठमाडौंको बानेश्वमा रहेको नेपाल बाल सेवा फाउन्डेसनमा रहेका बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालय तथा जिल्ला शाखा काठमाडौंको आयोजना तथा कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

नेपाल नेत्रज्योति संघ काठमाडौं शाखाका सभापति हुकुम प्रसाद पोखरेलका अनुसार फाउन्डेसनमा रहेका ५१ जना बालबालिकाको आँखा परीक्षण गरिएकोमा दृष्टिदोषको समस्या देखिएका १२ जनालाई चस्मा र अन्य समस्या देखिएका ९ जनालाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो भने अन्य समस्या देखिएका २ जनालाई अस्पताल रेफर गरिएको थियो ।

संघकी बोर्ड सेक्रेटरी सबिता केसीका अनुसार सो अवसरमा फाउन्डेसनमा आश्रित बालबालिकालाई खाजासमेत वितरण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघका ४५ जिल्ला शाखा, २८ आँखा अस्पतालहरुले देशैभर आज विभिन्न कार्यक्रम आयोजना गरी ४७औं नेत्रज्योति दिवस मनाएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise