२०८१ चैत १६ गते शनिवार / Mar 29 , 2025 , Saturday
२०८१ चैत १६ गते शनिवार
Ads

राष्ट्रियसभाको बैठक पनि बिहीबारसम्मका लागि स्थगित 

draupadi film
मध्यान्ह
२०८१ चैत १३ गते १६:३५
राष्ट्रियसभाको बैठक पनि बिहीबारसम्मका लागि स्थगित 

काठमाडौंः राष्ट्रियसभाको बैठक पनि बिहीबारसम्मका लागि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति आपत्ति जनाउँदै लगातार विरोध गरेका हुन् । 

दिउँसो १ः१५ मा सुरु भएको राष्ट्रियसभाको बैठक अवरोधका कारण १५ मिनेटका लागि स्थगन गरिएको थियो । १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम आजै अपराह्न ३ः४५ बजे बस्ने गरी सारिएको थियो । 

साेही समयमा सुरु भएकाे बैठकमा विपक्षीले अवरोध कायमै राखेका कारण बैठक बिहीबार मध्यान्ह सवा १२ बजे बस्ने गरी स्थगित भएको हो । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise