२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आर्थिक अवस्था कमजोर भएका बालबालिकाको निःशुल्क मुटुको उपचार

Nada
२०८१ चैत १३ गते २२:०७
Shares
आर्थिक अवस्था कमजोर भएका बालबालिकाको निःशुल्क मुटुको उपचार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको निःशुल्क उपचार गर्ने भएको छ ।

ncell

स्वास्थ्यमन्त्री एवं केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले विपन्न, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको मुटुको क्यान्सरसम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय गरेको केन्द्रका कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए। उनले यहाँ आउने आर्थिक अवस्था कमजोर भएका कोही पनि बालबालिका उपचारबाट वञ्चित हुनुनपर्ने बताए ।

मन्त्रालयले केन्द्रलाई ५०० बालबालिकाको शल्यक्रियासहित मुटुको उपचारका लागि प्रतिबालबालिका दुई लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आइरहेको जनाएको छ । चालु आर्थिक वर्षको पुससम्म ४८० बालबालिकाले केन्द्रबाट निःशुल्क मुटुको शल्यक्रियासहित उपचार सेवा पाएका केन्द्रका कार्यकारी निर्देशक मल्लले जानकारी दिए ।

आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित हुन नपरोस् भनेर थप आर्थिक स्रोतको व्यवस्थापन गर्न थालिएको उनले बताए । उनका अनुसार नेपालमा एक हजार बालबालिकामध्ये आठदेखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर