२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते १०:१०
अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

बागमती : मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ ।

गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ श्रमिकलाई कोषमा आबद्ध गराइएको गाउँपालिकाका अध्यक्ष फिद लामाले जानकारी दिए ।

अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक रु १० हजार ८२० पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार एक सय ८० र गाउँपालिकाले एक हजार १४ गरी रु. दुई हजार २०४ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको उनले बताए । कोषमा श्रमिकलाई आबद्ध गराउन चालु  आवमा रु. २५ लाख विनियोजन गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise