२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते १६:२७
प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको छ । बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर ११ बजेको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

तर दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि विपक्षी दलले विरोध गरिरहेका छन् ।

विपक्षी दलहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं सदनमा आएर स्पष्टीकरण दिनुपर्ने माग राख्दै आएका छन् ।

उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन अवरुद्ध गर्ने अडानसमेत राखेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise