काठमाडौं : काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घर तोडफोड गरेका छन् ।
तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको थियो ।
त्यसपछि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।
ती घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन् ।