२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

himalayanlife
२०८१ चैत १६ गते १०:२०
Shares
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

सरहाः सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्न भनी दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव शुक्रबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिरहाका न्यायाधीश विदुर काफ्लेको इजालसले जनही रु एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकामा शुक्रबार थुनछुक बहस भएको हो । वैशाख १९ गते अदालतमा हाजिर हुन जिल्ला अदालतले  आदेश दिएको छ ।

यही चैत १७ गतेदेखि महायज्ञ लगाउन भन्दै औरही–५ का दलित दीपक मलिक ९डोम०को घर गत फागुन १० गते भत्काइएको थियो । महायज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका जसपा जिल्ला सदस्य शिवजी यादव र समिति सचिव रहेका दिलीपकुमार यादव गत चैत ८ गते पक्राउ परेका थिए । दलित परिवारको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने फरार छन् । 
 

ताजा खबर

सम्बन्धित खबर