२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

पत्रकार रजकप्रति श्रद्धाञ्जलि, महासंघ विरोधमा

draupadi film
मध्यान्ह
२०८१ चैत १६ गते १०:२७
पत्रकार रजकप्रति श्रद्धाञ्जलि, महासंघ विरोधमा

काठमाडौंः पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।  

नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । 

शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

विरोध प्रदर्शनमा पत्रकार महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको उपस्थिती रहेको थियो । विरोधका कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

बदलिएको परिस्थितिका कारण महासंघ स्थापना दिवसका अवसरमा गर्न लागिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार आजै पत्रकार महासंघको उपलब्ध केन्द्रीय सदस्यहरूको आकश्मिक बैठक बसेर थप सङ्घर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनेलगायका कार्यक्रम महासंघले गर्नेछ ।
 

ADV

सम्बन्धित खबर

Advertise