२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

हिंसात्मक प्रदर्शन गर्नेलाई तत्काल कारबाही गर्न ट्रेड युनियन कांग्रेसको माग

Nada
२०८१ चैत १६ गते १५:०३
Shares
हिंसात्मक प्रदर्शन गर्नेलाई तत्काल कारबाही गर्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौंः नेपाल ट्रेड युनियन कांग्रेसले शुक्रबार पूर्वराजाका समर्थकहरुद्वारा भएको हिंसात्मक प्रदर्शन र अराजक गतिविधिले देशलाई आन्तरिक द्वन्द्वमा धकेल्ने प्रयास गरेको उल्लेख गरेको छ ।

ncell

शनिबार ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै पूर्वराजाका समर्थकहरुले अमानवीय, अराजक, हिसांत्मक तथा अमर्यादित घटनाले राष्ट्रको भलो नहुने भन्दै यस्तो अराजक गतिविधिको ट्रेड युनियन कांग्रेसले घोर भत्सना गरेका छन् ।

‘मिति २०८१ चैत्र १५ गते शुक्रवार पूर्वराजाका समर्थकहरुद्वारा भएको हिंसात्मक प्रदर्शन, व्यक्तिको निजी सम्पत्ति, अस्पताल, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठानलगायत यातायातका साधनहरुमाथि भएको तोडफोड र आगजनीका अमानवीय, अराजक, हिसांत्मक तथा  अमर्यादित घटनाहरुप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ र यस प्रकारको अराजक गतिविधिले देशलाई आन्तरिक द्वन्द्धमा धकेल्नु बाहेक राष्ट्रको भलो कदापी गर्दैन । यस प्रकारको अराजक गतिविधिको ट्रेड युनियन कांग्रेस  घोर भत्र्सना समेत गर्दछ’, महासचिव राईले विज्ञप्तिमार्फत् भनेका छन् ।

युनियनले यस प्रकारका अराजक तथा हिसांत्मक आन्दोलनहरुमा सुरक्षा निकायहरुले तदारुकताका साथ शान्ति र सुरक्षाको प्रत्याभूत गर्न सक्नुपर्ने भन्दै सरकारले सर्वसाधारणकाे निजी तथा संस्थागत भौतिक सम्पत्तिको सुरक्षार्थ आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरेकाे छ ।

ताजा खबर

सम्बन्धित खबर